बजेट वक्तव्य : प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि २ खर्ब ९८ करोड, अन्यमा कति ?

काठमाडौं । सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१र८२ का लागि चालु आवको तुलनामा ६.२ प्रतिशतले ठूलो बजेट ल्याएका हुन् । सरकारले आगामी आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि २ खर्ब ९८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

त्यसैगरी कृषि विकास मन्त्रालयलाई साँढे ५७ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ । पुनले आज बजेट भाष्ण गर्दै कृषि मन्त्रालयमा अनुदानहरुको कार्यक्रम समावशे भएको जनाकारी दिदै १० वर्षे कृषि लगानी कार्यक्रम समेत समावशे भएको बताए ।

किसानहरुलाई समयमै गुणस्तरिय मल उपलब्ध गराउन २७ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रदेश र स्थानीय तहलाई ५ खर्ब बजेट उपलब्ध गराउने भएको छ । सरकारले ऊर्जा क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षमा ५० अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ । पुनले जलाशययुक्त आयोजनाको निर्माण अघि बढाउने, विद्युत्को पहुँच बढाउने र विद्युत् खपत बढाउने लगायतका लक्ष्य लिएका छन् । यो लक्ष्यलाई पुरा गर्नका लागि ५० अर्ब रुपैयाँभन्दा बढीको बजेट विनियोजन गरेको उनले बताए ।

पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले नेपालमा विवाह गर्न आउने पर्यटकलाई आकर्षित गर्न कार्यक्रम ल्याएको छ । त्यसैगरी नेपालमा वैवाहिक समारोह गर्न आउने विदेशी पर्यटकलाई सहजीकरण गरी सांस्कृतिक तथा पर्यटकीय गन्तव्यलाई विवाह गन्तव्यको रूपमा विकास गरिने बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स