काठमाडौं । सरकारले चालु आवमा स्रोत व्यवस्थापनको लागि १२ खर्ब ६० अर्ब ३० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले गत आवको भन्दा १२ अर्ब मात्रै राजस्व बढाएर बजेटको लागि स्रोत व्यवस्था गरेको हो ।
सरकारले आगामी आवमा स्रोत व्यवस्थापन गर्नको लागि ३ खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने भएको छ भने २ खर्ब १७ अर्ब ६७ करोड वैदेशिक ऋण र ५२ अर्ब ३३ करोड वैदेशिक अनुदाबाट बजेट स्रोत जुटाउने लक्ष्य राखेको छ ।
अर्थतन्त्र चलायमान हुन नसक्दा सरकार डराएका कारण राजस्व लक्ष्य खासै बढाउन नसकेको हो । अर्थमन्त्री वर्षमान पुनले आज संघीय संसदको दुबै सदनमा प्रस्तुत गरेको बजेटमा गत आवको भन्दा करिब १२ अर्ब रुपैयाँले मात्रै राजस्व बढेको छ ।
सरकारले चालु आवको लागि १२ खर्ब ४८ अर्ब ६२ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।