काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले बढेर १ लाख ३७ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ९५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १८ सय ८० रुपैयाँ कायम भएकोमा आज ४० रूपैयाँले बढेर १९ सय २० रूपैयाँ कायम भएको छ ।