बजेट भाषण १ बजे, आज सबै भन्सार कार्यालय बन्द

काठमाडौं । दिउँसो १ बजेट बजेट भाषण संयुक्त सदनमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तु्त गर्ने कार्यक्रम छ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संघीय सरकारको बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ । संसदको कार्यातालिका अनुसार १ बजेलाई बजेट भाषणको समय प्रदान गरिएको हो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम २ हप्ता अघि सार्वजनिक भैसकको छ । नीति तथा कार्यक्रम अनुसार बजेट तय हुने गर्छ । नीति तथा कार्यक्रमले आगामी आर्थिक वर्षको लागि आउने बजेट धेरै छरिएर आउने देखिएको छ ।

धेरै कार्यक्रम समावेश हुने र ती कार्यक्रमहरुमा बजेट विनियोजन हुनेछ । साथै केहि जनमुखी कार्यक्रम समावशे छ । त्यसमा समेत बजेटको ठूलो अंक छुट्याइने पाइएको छ ।

केहि बहुवर्षिय कार्यक्रमको समेत सुरु गर्ने छ । त्यसले गर्दा वर्षमान पुनले ठूलो आकारको बजेट समावशे गर्ने छन् । राष्ट्रिय योजना आयोगले १८ खर्बको कुल बजेट सिलिङ प्रदान गरेको छ । त्यसमा १ खर्ब भन्दा बढि बढाएर अर्थमन्त्रीले बजेट तय गरेको बुझिएको छ ।

आर्थिक विधेककको कारण भन्सार ठप्प
बजेटमा नै समावशे हुने आर्थिक विधेयक समेत आज सार्वजनिह हुने छ । आर्थिक विधेयकले करको दर हेरफेर गर्छ । करका दर हेरफेर हुने भएकाले आज भन्सार कार्यालयहरु सबै बन्द गरिएको छ । बुधबार मात्रै भन्सार कार्यालय खुल्ला गरिने छ । विगतदेखि नै यस्तो चलन राखिएको छ । अनुचित लाभ लिन खोज्नेहरुलाई नियन्त्रणको लागि यस्तो व्यवस्था गरिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स