काठमाडौं । सोमबार, नेप्से परिसूचक ३.९३ अंकले बढेर २११३.२७ अंक विन्दुमा आइपुगेको छ ।
आज ९३ लाख ३० हजार कित्ता सेयर ३ अर्ब ८९ करोड ३७ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १४९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९० वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वायर हाउजिङको १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
कालिन्चोक दर्शनको ९.७९%, पोखरा फाइनान्सको ८.४०%, ग्लोबल आईएमई ब्यालेन्स फण्डको ८.१३%,नेपाल रिपब्लिक मिडियाको ६.०९%, ग्लोबल आईएमई लघुवित्तको ६%, कुमारी सबल योजनाको ५.८६%, हिमालयन ८०–२० को ५.७८%, हाथ्वे इन्भेष्टमेन्टको ५.३४ प्रतिशतले सेयर मूल्य बढेको छ ।