अमेरिकाबाट फर्किएका बस्नेतको ‘नेपाल डोर’ जसले दिन्छ गुणस्तरीय ढोका

काठमाडौं । नेपाली उपभोक्तालाई गुणस्तरीय ढोका उपलब्ध गराउन नेपाल डोर नामक कम्पनी स्थापना भएको छ । अमेरिकामा एक दशकभन्दा धेरै समय विताएर नेपाल फर्किएका युवा उद्यमी योगेन्द्रजङ्ग बस्नेतले नेपालमा गुणस्तरीय ढोको अभाव देखेपछि यो व्यवसाय शुरू गरेका हुन् ।

‘नयाँ घर, अफिस वा अन्य ठूला भौतिक संरचना निर्माण गर्दा नेपालमा गुणस्तरीय ढोका उपलब्ध नहुने समस्या महशुस गरेपछि मैले नेपालमा ढोका उत्पादन शुरू गरेको हुँ’ बस्नेतले भने– नेपाल डोरले उत्पादन गरेका ढोकाको गुणस्तर अन्तर्राष्ट्रिय स्तरको छ । नेपाल डोर प्रयोग गर्ने उपभोक्ताले सजिलै फरक महशुस गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु ।’
पछिल्लो समयमा नेपाली उपभोक्ता चिन र मलेसियाबाट आयातित कमसल गुणस्तरका ढोका प्रयोग गर्न बाध्य थिए । कमसल कच्चा पदार्थ प्रयोग गरि बनाइएका यी ढोकाहरू नेपालमा परम्परागत रुपमा निर्माण गरिएका ढोकाको तुलनामा पनि न्युन गुणस्तरमा उपलब्ध छन् ।

बस्नेत नेपालको सामाजिक क्षेत्रमा समेत सक्रिय व्यक्ति हुन् । नेपाली मूलधारको पत्रकारितामा सफल फोटो पत्रकारको पहिचान बनाएका उनी अमेरिकामा एक दशकसम्म फोटोग्रामीमै क्रियाशिल रहेका थिए । ‘अमेरिकाबाट फर्केपछि मलाई नेपालमा उद्यमशिलता गर्नुपर्छ भन्ने हुटहुटी थियो । अवसरका क्षेत्र खोज्दै जाँदा मैले नेपाल डोरको आईडियालाई कार्यान्वयन गरेको हुँ’ बस्नेतले भने– म व्यवसायका लागि मात्रै यो काममा जोडिएको होइन । केही नयाँ काम नयाँ अध्याय शुरू गर्नुपर्छ भनेर मैले यो काम गरिरहेको छु । अहिले बजारबाट अत्यन्तै सकारात्मक फिडब्याक पाउँदा मलाई सन्तुष्टि मिलेको छ ।’

नेपाल डोरले चितवनको भरतपुरमा अत्याधुनिक कारखाना संचालन गरेको छ । यस कारखानाबाट मोल्डेड स्किन डोर उत्पादन भएपछि नेपाली बजारमा उच्च गुणस्तरीय ढोका उत्पादनमा नयाँ युगको सुरुवात भएको विश्वास गरिएको छ ।
‘हाम्रो उत्पादनको बजारमा ठूलो माग छ । बजारले माग गरेअनुसार हामीले सप्लाई गर्न सकेको छैनौँ । निरन्तर उत्पादन क्षमता बढाउनुपर्ने दबाबकावीच हामीले काम गरिरहेका छौँ ता कि भोली देशका सबै प्रमुख बजारहरुमा हाम्रो उत्पादन पु¥याउँन सकियोस्’, बस्नेतले भने । हाल नेपाल डोरका उत्पादन काठमाडौँ, पोखरा, चितवन, बुटवल, भैरहवा, इटहरी, लम्की, कैलाली, महेन्द्रनगर, बनेपा, धादिङमा उपलब्ध छन् । मार्केटिङ चेनको विस्तार गर्दै उत्पादनलाई देशब्यापी बनाउने लक्ष्य नेपाल डोरले लिएको छ ।

नेपाल डोर अहिले नेपालमा मोल्डेड स्किन, एफआरपी, र प्लाइ ढोका उत्पादन गर्ने नेपालको सबैभन्दा ठूलो उत्पादकको रूपमा स्थापित भएको छ । कम्पनीले उत्पादन गरेका प्रत्येक प्यानल स्किन ढोकाहरू नेपालमै उत्पादन हुने भएकाले गुणस्तर नियन्त्रण र अनुकूलन गर्न सक्ने क्षमता राख्ने नेपाल डोरले जनाएको छ ।
नेपाल डोरको मुख्य लक्ष्य भनेको उपभोक्ताको घर, कोठा, कार्यालय, बालकनी, बाथरूम वा धुलाई कोठाका लागि शतप्रतिशत वाटर फ्रुफ ढोका उपलब्ध गराउनु हो । नेपाल डोरले उच्चतम् मापदण्ड पालना गर्दै उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न केन्द्रित रहेको कम्पनीका अध्यक्ष बस्नेत बताउँछन् ।

अमेरिकाबाट स्वदेश फर्केर नमूनायोग्य उद्यमशिलता गरिरहेका बस्नेतले नेपाली डायस्पोरालाई नेपालमा उद्यमशिलताका धेरै अवसर बाँकी रहेकाले विदेशमा आफुले हासिल गरेको ज्ञानलाई नेपालमा उपयोग गर्न पनि आव्हान गरेका छन् । ‘पक्कै पनि यहाँ उद्यमशिलता गर्न सजिलो वातावरण छ भनेर म झुटो बोल्न चाहान्न । तर, आफ्नै देशमा गरिएको लगानी, रोजगारी श्रृजनामा गर्न सकिएको पौरख र सरकारी ढुकुटीमा योगदान गर्न सकिएको राजश्वले आफुनो देशका लागि केही गरेको छु भन्ने सन्तुष्टि प्राप्त भएको छ । यो मेरालागि विदेशमा प्राप्त हुने सुखसुविधाभन्दा धेरै माथि छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स