काठमाडौं । वाणिज्य बैंकहरुले खुद मुनाफासँगै वितरण योग्य नाफा पनि बढाएका छन् । वाणिज्य बैंकहरले पहिलो त्रैमासमा १८ अर्ब ११ करोड ७४ लाख रुपैयाँ खुद मुनाफा गर्दा वितरण योग्य नाफा ६ अर्ब ४६ करोड ८७ लाख रुपैयाँ रहेको नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकमा देखिएको छ ।
गत वर्षको पहिलो त्रैमासको तुलनामा बैंकहरुको वितरण योग्य नाफा २ अर्ब ७ करोड ३ लाख रुपैयाँले बढेको छ । २०७७ असोजमा वाणिज्य बैंकहरुसँग ३ अर्ब ७६ करोड ८४ लाख रुपैयाँ वितरण योग्य नाफा थियो ।
पहिलो त्रैमासमा ८५ करोड १९ लाख ९१ हजार रुपैयाँ सहित वितरण योग्य नाफाको आधारमा नबिल बैंक पहिलो स्थानमा छ । २०७७ असोजको तुलनामा २०७८ आसेजमा नबिल बैंकको वितरण योग्य नाफा भने घटेको देखिन्छ । समीक्षा अवधिमा बैंकको वितरण योग्य नाफा ३५ करोड ६८ लाख १४ हजार रुपैयाँले घटेको छ । २०७७ असोजमा बैंकसँग वितरण योग्य नाफा १ अर्ब २० करोड ८८ लाख रुपैयाँ थियो ।
वितरण योग्य नाफाको आधारमा एभरेष्ट बैंक दोस्रो स्थानमा छ । एभरेष्ट बैंकसँग ५७ अर्ब ५९ लाख ८३ हजार रुपैयाँ वितरण योग्य नाफा छ । गत वर्षको पहिलो त्रैमासको तुलनामा बैंकको वितरण योग्य नाफा ४४ करोड रुपैयाँले बढेको छ । २०७७ असोजमा बैंकसँग वितरण योग्य नाफा १३ करोड ५९ लाख ७७ हजार रुपैयाँ थियो ।
५० करोड ७ लाख ७० हजार रुपैयाँ वितरण योग्य नाफा सहित राष्ट्रिय वाणिज्य बैंक तेस्रो स्थानमा छ । २०७७ असोजमा बैंकसम्म ४३ करोड ९२ लाख १९ हजार रुपैयाँ वितरण योग्य नाफा थियो । समीक्षा अवधिमा बैंकले ६ करोड १५ लाख ५१ हजार रुपैयाँले वितरण योग्य नाफा बढाएको छ ।
वाणिज्य बैंकहरुको वितरण योग्य नाफा