नेप्सेमा आइएमई लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, भोलि कतिमा खुला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइएमई लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । आइतबार कम्पनीको २५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

आजको अन्तिम कारोबार मूल्य ५६० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको मूल्य ४४८ रुपैयाँ कायम भएको छ ।

योसँगै, अब भोलि सोमबार सोही मूल्यलाई आधार मानेर कम्पनीको कारोबार खुला हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स