विरोधकै बीच बजेट सार्वजनिक गरिने

काठमाडौं । संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांगसले विरोध गरिरहेको छ । गृहमन्त्री जोडिएको सहकारीको समस्यामा संसदीय छानबिन गर्न माग गर्दै नेपाली कांग्रेसले विरोध जनाइरहेको छ । तर विरोधको बीच पनि संसद भने चलिरहेको छ ।

सरकारले सोमबार आर्थिक सर्वेक्षण , संस्थानहरुको प्रगति विवरण संसदमा पेश गर्दै छ। त्यस्तै गरि संबैधानिक व्यवस्था अनुसार मंगलबार अर्थात् जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी छ । संसद बैठक अवरोध गर्ने प्रयास भैरहेको अवस्थामा संसद अधिवेशन अन्त्य गरेर बजेट सार्वजनिक गर्ने सम्मको चर्चा भैरहेको छ ।

तर प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार भने सरकारले संसद अधिवेशन अन्त्यको सिफारिस भने अहिले गर्न चाहेको छैन ।

बरु विरोधकै बीच बजेट सार्वजनिक गर्ने तयारी भैरहेको छ । प्रधानमन्त्री कार्यालयका अएक अधिकारी भन्छन्,‘ सकेसम्म बजेट सार्वजनिक गर्ने समय सम्ममा सहमति जुटाइने तयारी छ । यदि सहमति भएन भने विरोधकै बीच संसदबाट नै बजेट सार्वजनिक हुने छ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स