नेपालबाट तस्करी बढेपछि सरकारले गर्यो निकासीको विवरण अनलाईनमा अनिवार्य

काठमाडौं । नेपालबाट वस्तु निर्यात निकै कमजोर छ । वस्तु आयत धेरै हुने नेपालमा निर्यात धेरै निगरानीमा पर्दैन ।
तर पछिल्लो समय नेपाल तस्करीको ट्रान्जिट बन्दै गैरहेको छ । सुनदेखि स्याउसम्म विदेशबाट नेपाल ल्याउँदै भारत तर्फ गैरहेको घटनाहरु बढिरहेको छ ।

यस्ता घटनाहरु बढेपछि अर्थमन्त्रालयले ११ वटा भन्सार कार्यालयबाट विदेश निर्यात हुने वस्तुको विवरण अनलाईन प्रणालीमा राख्नलाई अनिर्वाय गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार अहिलेको लागि ११ भन्सार कार्यालयलाई अनिवार्य गरिएको छ । विस्तारै सबै निर्यातको विवरण अनलाई प्रणालीमा राख्ने व्यवस्था गराइने छ ।

मन्त्रालयका अनुसार वीरगञ्ज भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय, महेशपुर भन्सार कार्यालय, रसुवा भन्सार कार्यालय, मेची भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, जलेश्वर भन्सार कार्यालय, कैलाली भन्सार कार्यालय, त्रिभुवन विमानस्थल भन्सार कार्यालय र कंचनपुर भन्सार कार्यालयमा निकासीका लागि आवश्यक सबै कागजात अनिवार्य अनलाइनमार्फत पेस गर्नुपर्ने व्यवस्था लागु गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स