काठमाडौं । सुनको मूल्य यो साता ४ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारदेखि शुक्रबारसम्ममा प्रतितोला ४ हजार रुपैयाँले सुनको मूल्यमा गिरावट आएको हो ।
आइतबार १ लाख ४० हजार ९ रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा शुक्रबार १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भएको हो ।
आज आर्थात् शुक्रबार छापावाल सुनको मूल्य १८ सय रूपैयाँले घटेको छ । बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज १ हजार ८ सय रूपैयाँले घटेर १ लाख ३६ हजार ९ सय रूपैयाँ कायम भएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार २५० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १८ सय ६५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १८ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ ।
महासंघले दिइएको जानकारी अनुसार बिहीबार छापावाल सुनको मूल्य १८ सय रूपैयाँले घटेको थियो ।
सो दिन छापावाला सुनको मूल्य १ लाख ३८ हजार ७ सय रूपैयाँमा किनबेच भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भएको हो भने चाँदीको मूल्य ३५ रूपैयाँले घटेर १८ सय ६५ रूपैयाँ कायम भएको थियो।
बुधबार पनि छापावाल सुनको मूल्य १ सय रूपैयाँले घटेको थियो । सो दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५ सय रूपैयाँमा किनबेच भएको हो । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ८ सय रुपैयाँका किनबेच भएको थियो भने चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले बढेरको थियो ।
त्यसैगरी साताको तेस्रो दिन मंगलबार पनि सुनको मूल्य १२ सय रूपैयाँले र चाँदीको मूल्य ५५ रुपैयाँले घटेको थियो । सो दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४० हजार ६ सय रूपैयाँमा किनबेच भएको हो ।
साताको दोस्रो दिन सोमबार सुन चाँदी दुबैको मूल्य बढेको थियो । उक्त दिन छापावाल सुनको मूल्य ९ सय रूपैयाँले बढेरे एक लाख ४१ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५० रुपैयाँमा किनबेच भएको थियो भने उक्त दिन चाँदीको मूल्य प्रतितोला ३० रूपैयाँले बढेको थियो ।
त्यस्तै, कारोबार हुने साताको पहिलो दिन आइताबार सुन चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । सो दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको हो । त्यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार २०० रुपैयाँमा थियो ।