काठमाडौं । देशभरका मिटरब्याज पीडित भनिएकाहरु अब २१ दिन भित्र सरकारसँग सम्पर्क गर्नुपर्ने भएको छ । अनुचित लेनदेन गरेर पीडित भएकाहरुलाई सम्पर्कमा आउने सरकारले आव्हान गरेको हो ।
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग गठन भई तोकिएको कार्यादेश बमोजिमको कार्य भैरहेको छ । कारोबारको कम्रमा ऋण लिने व्यक्ति ( आसामी) र ऋण दिने व्यक्ति ( साहु) बीचमा आपसमा भएको लेनदेन सम्बन्धी विषय खुल्ले गरि सम्पर्कमा आउन भनेको हो ।
कारोबारको विवरण सबै आवश्यक पर्ने र त्यसको रित फारम गृह मन्त्रालयको वेवसाइटमा पाउन सकिने तथा जिल्ला प्रकाशन कार्यालयबाट समेत उपलब्ध हुने छ । उक्त फारम भेरेर जिल्ला प्रशासन कार्यालयमा बुझाउन भनिएको हो ।