सीएफ मोटोको टेस्ट ड्राइभ तथा बुकिङ खुला

काठमाडौं । दुई पांग्रे ब्रान्ड सीएफ मोटो तथा जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक रिलायन्स ग्रूपअन्तर्गतको ऋषि ट्रेड सेन्टरले विभिन्न मोडलहरू सार्वजनिक गरेसँगै टेस्ट ड्राइभ तथा बुकिङ खुला गरेको छ ।

सीएफ मोटाको एनके२५०, एसआर२५०, एनके४५० तथा जीहोको एईएलआर (डबल ब्याट्री) र सिटी स्पोर्टस मोडलहरू सार्वजनिक गरेसँगै टेस्ट ड्राइभ तथा बुकिङ खुल्ला गरेको हो ।

सीएफ मोटोको उत्पादनलाई बिक्री, सहज स्पेयर पार्टसको उपलब्धता, बिक्रीपछिको सेवा र ग्राहकलाई सहज सेवा सुविधा दिने उद्धेष्यले रिलायन्स ग्रूप सीएफ मोटो तथा जीहोको नयाँ आधिकारिक बिक्रेताका रूपमा छनोट भएको हो ।

ती उत्पादनहरूको टेस्ट ड्राइभ तथा बुकिङ कम्पनीको नक्साल, झम्सीखेल तथा सल्लाघारीस्थित आधिकारिक शोरुममा गर्न सकिने कम्पनीले बताएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स