१६ बैंकले बेसरेट बढाए, ऋण महँगो हुने, कुन कुन बैंकमा पाइन्छ सस्तो कर्जा ? (सूचीसहित)

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १७ वटा वाणिज्य बैंकहरूले बेसरेट( आधारदर) बढाएका छन् भने ११ वटा वाणिज्य बैंकहरूले बेसरेट घटाएका छन् । करिब दुई तिहाई बैंकहरूको बेसरेट बढेका कारण अब कर्जा लिनेलाई ब्याज महँगो पर्ने भएको छ ।

बैंकहरूले बेसरेटमा २ प्रतिशतदेखि ७ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा प्रवाह गर्ने भएकाले कर्जाको ब्याजदर माथि जाने देखिएको छ । यदि बेसरेटमा ७ प्रतिशत थपेर बैंकहरूले कर्जा प्रवाह गरेभने ग्राहकलाई न्यूनतम १५ प्रतिशतभन्दा कममा कर्जा नपाउने देखिएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमास अर्थात असारमसान्तको तुलनामा असोजसम्मका अधिकांश बैंकहरूले बेसरेट बढाएका कारण औसतमै बेसरेट बढेर साढे ७ प्रतिशत नाघेको हो । गएको आर्थिक वर्षको अन्त्यसम्म बैंकहरूको यस्तो रेट ६.८९ प्रतिशत थियो । यद्यपि कतिपय बैंकहरूले बेसरेटमा थोरै प्रिमियम थपेर पनि कर्जा प्रदान गर्दै आएका छन् ।

कर्जा लिने ग्राहकले बेसरेट कम भएको बैंकबाट लोन दिएमा सस्तो पर्छ भने बढी भएको बैंकमा कर्जा लिदा महँगो पर्छ । सोहि कारण अब ग्राहकले कर्जा लिँदा कम बेसरेट भएका बैंक लिनुपर्ने देखिएको छ ।

बेसरेट घटाउने बैंकहरूमा कृषि विकास बैंक, बैंक अफ काठमाण्डू, एभरेष्ट बैंक, नबिल बैंक, नेपाल बंगलादेश बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक नेपाल एसबीआई बैंक, प्रभु बैंक, स्टाण्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा सबैभन्दा कम बेसरेट स्टाण्डर्ड चार्टर्ड बैंकको रहेको छ । उक्त बैंकको बेसरेट ५.१८ प्रतिशतमात्रै रहेको छ । बेसरेट कम हुनेमा अर्को बैंक हो सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक । उक्त बैंकको बेसरेट ५.६३ प्रतिशत रहेको छ । स्टाण्डर्ड चार्टर्ड र राष्ट्रिय वाणिज्य बैंक बाहेक अन्य ३ बैंकको बेसरेट ६ प्रतिशतदेखि ७ प्रतिशतको बीचमा रहेको छ भने १३ बैंकको बेसरेट औसत रेटको हाराहारीमा रहेको छ ।

समीक्षा अवधिमा सबैभन्दा बढी बेसरेट भएको बैंक मेगा बैंक हो । बैंकको बेसरेट ९.८१ प्रतिशत रहेको छ । बाँकी बैंकको बेसरेट ८ प्रतिशतभन्दा माथि र ९ प्रतिशतभन्दा कम रहेको छ ।

कुन बैंकको बेसरेट कति ?

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स