राईटपाथ करियर काउन्सिलिङको ‘ग्राण्ड एजुकेसन कनक्लेभ २०२४’ भव्यताका साथ सम्पन्न

काठमाडौं । राइटपाथ करियर काउन्सिलिङको केन्द्रीय कार्यालय पुतलीसडक काठमाडौंबाट सुरु भएको ‘ग्राण्ड एजुकेसन कनक्लेभ २०२४’ ललितपुरको कुमारीपाटी शाखामा आएर २०८१ जेष्ठ ८ गते भव्यताका रुपमा सम्पन्न भएको छ ।

गत वैशाख २९ गते काठमाडौंमा सम्पन्न गरिसकेपछि वैशाख ३१ गते धनकुटा, जेठ ३ गते हेटौंडा, ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङ र जेष्ठ ८ गते ललितपुरमा सम्पन्न भएको हो ।

पहिलोदिन काठमाडौंमा भएको जस्तै आज अन्तिम दिनसम्म ललितपुरको आफ्नै प्रांगणमा आइपुग्दा विद्यार्थीहरुमा चाहेर वा बाध्यताले उच्चशिक्षा हाँसिल गर्न जाने चाहना र रुची बढ्दो देखिन्छ ।
यस ग्राण्ड एजुकेसन कन्क्लेभमा ७ हजारभन्दा बढी विद्यार्थीहरु सहभागी भएका छन् ।

यस कार्यक्रममा उच्च शिक्षा हाँसिल गर्न विद्यार्थीहरुले बुझ्न चाहेको सहि सूचना उपलब्ध गराउन सफल भयौं भन्ने विश्वास कम्पनीले लिएको छ ।

यस कनक्लेभमा विभिन्न देशका २० भन्दा बढी युनिभर्सिटीका प्रतिनिधिहरु तथा टेस्ट पिपेरेसन आईएल्स टेस्ट पिटीई साथै बैंक, इन्स्योरेन्सको समेत उपस्थिती रहेको थियो । ग्राण्ड एजुकेसन कनक्लेभमा अमेरिका, अष्ट्रेलिया, बेलायत, क्यानडा, कोरिया, डेनमार्क, युएई लगायत विभिन्न देशको बारेमा विद्यार्थीहरुले उनीहरुबाट प्रत्यक्षरुपमा काउन्सिलिङ लिने अवसर पाएका थिए ।

सोही अवसरमा विभिन्न देशका विश्वविद्यालयको स्कलरसिप देखि ६ हजार पर्ने आईएल्स मात्र २०८१ रुपैयाँमा पढ्न पाउने अफर विद्यार्थीहरुलाई प्रदान गरिको थियो । त्यस्तै विद्यार्थीहरुका लागि शतप्रतिशत प्रोसेसिङ शुल्कमा छुट गरेका थियौं भने उपस्थीत विद्यार्थीहरुलाई फ्रि मुभि टिकटका साथमा आकर्षक गिफ्ट ह्याम्पर समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै परीक्षा पछिको तीन महिना खेर नजाओस् भन्ने उदेश्य राखेर यस कायक्रमको आयोजना गरिएको थियो । जुन उपलब्धि मुलक रह्यो भन्ने विद्यार्थी तथा अभिभावक हरुको उत्साहजनक सहभागीताले पनि पुष्टि गरिसकेको छ ।

पहिलो दिन राइटपाथ करियर काउन्सिलिङ्गको मुख्य कार्यालय पुतलीसडकमा २ हजारभन्दा बढी विद्यार्थीहरुको सहभागीतामा सुरु भएको कन्क्लेभमा देशका अन्य स्थानमा पनि उत्तिकै उत्साहपूर्ण सहभागीता रहेको थियो ।

कन्क्लेभमा वरिष्ठ गायीका अन्जु पन्त र मिस नेपाल २०१६ तथा राइटपाथकी ब्राण्ड एम्बास्डर अश्मि श्रेष्ठले प्रत्यक्षरुपमा विद्यार्थीहरुको हौसला बढाएका थिए ।

यस कन्क्लेभको बारेमा विद्यार्थीसम्म सूचना पु¥याइदिने विभिन्न सञ्चार माध्यम, महत्वपूर्ण भूमिका निर्वाह गर्ने केन्द्रीय कार्यालयदेखि विभिन्न शाखाका कर्मचारी साथीहरु साथै प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा साथ दिने सम्पूर्णमा राइटपाथ करियर काउन्सिलिङले धन्यवाद् व्यक्त गरेको छ ।

राइटपाथ करियर काउन्सिलिका सीईओ फिलिप डिसीले लामो समयदेखि विद्यार्थीहरुलाई शैक्षिक परामर्श तथा भाषाका कक्षाहरु सञ्चालन गर्दै आएको र विगतमा जस्तै आगामी दिनमा समेत यस्ता कार्यक्रमहरु नियमित आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स