राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देबेन्द्र रमण खनाल नियुक्त

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देबेन्द्र रमण खनाल नियुक्त भएका छन् ।उनलाई ४ वर्षे कार्यकालको लागि नियुक्त गरिएको हो ।

गत चैतमा आवेदन माग गरिएको थियो । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन गरेका मध्येबाट पाँच जनाको नाम छनोट गरिएको थियो । कृष्णबहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी सर्ट लिष्ट परेका थिए ।

त्यस मध्ये खनाललाई नेपाल सरकारले ४ वर्षको जिम्मेवारी दिएको हो । खनाल राष्ट्रिय वाणिज्य बैंककै कर्मचारी हुन् ।

व्यवस्थापनमा स्नाकोत्तर, कानुनमा एलएलबी गरेका खनाल २०६४ सालमा आठौ तहबाट बैंकमा सेवा प्रवेश गरेका हुन् ।
बैंकको सीईओबाट किरण कुमार श्रेष्ठको कार्यकाल सकिएपछि कायम मुकायम सीईओको जिम्मेवारी उनमै थियो । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो ।

सीईओका लागि १९ जनाले आवेदन दिएका थिए । १९ जनाबाट ५ जना छनोट गरेर अन्तरवार्ता गरिएको थियो । ५ जनामा कृष्ण बहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी रहेका थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स