दुई सरकारी सिमेन्ट उद्योगको नेतृत्व चयन हुँदै , अन्तिम तीन जनाको नाम तय

काठमाडौं । दुई सरकारी सिमेन्ट उद्योगको नेतृत्व चयन हुँदै छ । उद्योग वणिजय तथा आपूसर्त मन्त्रालयले हेटौंडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योग नेतृत्वको लागि अन्तिम तीन जनाको नाम तयार गरेको हो ।

उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धमा तीन जनाको नाम सिफारिस भएको छ । गोरखनाथ जोशी , संजय कुमार लाल र सुरेश कुमार कार्कीको नाम सिफारिस भएको हो । गत भदौ २३ गते गरिएको आवेदन माग अनुसार सर्ट लिष्टिङ , अन्तरवार्ता गरेर तीन जनाको नाम सिफारिस भएको हो । यी तीन जनाको नाम उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मन्त्री परिषद्मा पेश गर्ने छन् । ती मध्ये एकलाई नियुक्त गरिने छ ।

त्यस्तै गरि हेटौडा सिमेन्ट उद्योगको महाप्रबध्को लागि भने तीन जना नैं संक्षिप्त सूचि तयार गरेर अन्तरवार्ताको लागि बोलाईएको छ । अन्तरवार्तामा पर्नेमा संजिव कुमार देव , नरेन्द्र भण्डारी, कृष्णभद्र अर्याल रहेका छन् । अन्तरवार्ता पछि यी तीनै जनाको नाम मन्त्रीपरिषद्मा पेश हुने र एकलाई नियुक्त गरिने छ ।
दुबै उद्योग घाटामा रहे पनि यसको गुणस्तरको भने चर्चा हुँदै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स