ग्लोबल आइएमई बैंकको तीनवटा नयाँ शाखा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बुधबारदेखि तीनवटा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो । योसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८६ पुगेको छ ।

बैंकले काठमाडौं महानगरपालिकाको महाराजगञ्ज, नरेफाँट र चण्डोलमा एकैसाथ तीन नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैकिंङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले देशका ७६ जिल्लामा फैलिएको २८६ शाखा सञ्जाल सहित २५२ एटिएम, ४८ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २६२ शाखा रहित बैकिंङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्र्पक कार्यालय मार्फत आफ्ना २७ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स