३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, नेप्से ५.२२ अंकले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.२२ अंकले बढेर २८४८.८४ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स ०.५२ अंकले घटेर ५३०.८९ विन्दुमा पुगेको छ ।

बुधबार २२९ कम्पनीका सेयर ६१ हजार ७४५ पटक कारोबार भएको छ । ९९ लाख ९५ हजार ५२२ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ५५ करोड ३० लाख ५९ हजार रुपैयाँको कारोबार भएको छ ।

आज बैंकिङ, विकास बैंक, हाइड्रो पावर, फाइनान्स, उत्पादन मुलक, अन्य, माइक्रोफाइनान्स र म्यूचुअल फण्ड उपसमूह बढेका छन् ।

महालक्ष्मी विकास बैंक, आइसीएफसी फाइनान्स र साहस ऊर्जाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य ५.५९ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स