काठमाडौं । बुधबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले घटेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ६ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर १ लाख ४० हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १८ सय ८५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १९ सय रूपैयाँ कायम भएको छ ।