काठमाडौं । सेयर बजारमा हरियाली छाउने क्रम जारी रहेको छ ।
मंगलबार, नेप्से परिसूचक २३.९४ अंकले बढेर २११५.९४ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ३२ लाख ४१ हजार कित्ता सेयर ५ अर्ब २० करोड ६२ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १९४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४३ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, पोखरा फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २४ करोड ६४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, सीईडीबी हाइड्रोपावरको १२ करोड ९९ लाख, कालिका पावरको १२ करोड ३८ लाख, माउन्टेन इनर्जीको १० करोड ४१ लाख, सिंगटी हाइड्रो इनर्जीको १० करोड १० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।