काठमाडौं । कान्तिपुर टेलिभिजन तथा कान्तिपुर पत्रिकाका संचालक कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत धनुषाले सिरोहियाको नाममा पक्राउ पुर्जी जारी गरेको हो ।
हाम्रो अर्थलाई प्राप्त सूचनाका अनुसार उनको दुईवटा नागरिकता रहेको र नागरिकता नम्बर अन्य व्यक्तिसँग मिलेको पाइएको छ ।
सोहि विषयमा जिल्ला अदालत धनुषामा उजुरी परेको थियो । उजुरीको आधारमा अदालतले पक्राउ गर्न अनुमति दिएको हो ।