काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य १२ सय रूपैयाँले घटेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज १ हजार २ सय रूपैयाँले घटेर १ लाख ४० हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १९ सय ४० रुपैयाँ कायम भएकोमा आज ५५ रूपैयाँले घटेर१८ सय ८५ रूपैयाँ कायम भएको छ ।