काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ५ जनाको संक्षिप्त सूची तयार गरिएको छ।
संक्षिप्त सूची तयार गरेर अन्तरतवार्ता बोलाउन लागिएको हो ।
आज एक सूचना जारी गर्दै दामोदर भण्डारी, नारायण कुमार भट्टराई, बुद्ध काजी श्रेष्ठ, श्रीमान कार्की र सुरेन्द्र थापा पाँच जना छनौटमा परेको जनाकारी गराइएको छ ।
अब उनीहरुलाई व्यवसायिक कार्यजोजनाको प्रस्तुतीकरण तथा अन्तवार्ताका लागि बोलाईनेछ ।
आज जारी भएको सूचना अनुसार यही जेठ ११ गते नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको कार्यालय थापाथली, काठमाडौंमा अन्तरवार्ताको लागि बोलाईको छ ।