करिब ६ अर्बको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा हरियाली छाएको छ ।

सोमबार, नेप्से परिसूचक २७.५४ अंकले बढेर २०९२.०० अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ४३ लाख ७० हजार कित्ता सेयर ५ अर्ब ८५ करोड ४३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १३४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०७ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, पोखरा फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १९ करोड ९२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सीईडीबी हाइड्रोपावरको १८ करोड ८९ लाख, फस्र्ट माइक्रोफाइनान्सको १३ करोड ४८ लाख, साइन रेसुंगाको १३ करोड ४२ लाख, एनआईसी एसिया बैंकको ११ करोड २९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स