लुम्बिनी विकास बैंकमा सातै प्रदेशमा जागिर खुल्यो

काठमाडौं । लुम्बिनी विकास बैंकले व्यवस्थापन ट्रेनी र ट्रेनी जुनियर असिस्टेन्टमा जागिर खुलाएको छ । बैंकले सातै वटा प्रदेशका लागि व्यवस्थापन ट्रेनी र ट्रेनी जुनियर असिस्टेन्टमा कर्मचारी माग गरेको हो ।

जागिर खान योग्यता पुगेका आवेदकहरूले आगामी मंसिर ७ गतेसम्ममा आवेदन दिन सक्नेछन् ।

बैंकले व्यवस्थापन ट्रेनीका लागि व्यवस्थापनमा कम्तिमा स्नाकोत्तर गरेको, ३० वर्ष ननाघेको र दुई पाङ्ग्रे सवारी साधनको लाइसेन्स भएको हुनुपर्ने सूचनामा उल्लेख छ ।

साथै, बैंकले ट्रेनी जुनियर असिस्टेन्ट पदका लागि व्यवस्थापनमा स्नातक गरेको, २८ वर्ष ननाघेको र दुई पाङ्ग्रे सवारी साधनको लाइसेन्स भएको हुनुपर्ने जनाएको छ ।

व्यवस्थापन ट्रेनीमा योग्यता पुगेका आवेदकहरूले https:/www.askmeconsult.com/job/management-trainee-9046/ र ट्रेनी जुनियर असिसटेन्टले https:/www.askmeconsult.com/job/trainee-junior-assistant-9045/मा आवेदन भर्न सक्नेछन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स