लघु बीमा कम्पनीहरूले दर्ता गरे ‘नेपाल लघु बीमक संघ’

काठमाडौं । लघु बीमा कम्पनीहरूले ‘नेपाल लघु बीमक संघ’ स्थापना गरेका छन् । बीमा रक्षावरणको पहुँंच बाहिर रहेका वर्ग समुदायलाइ बीमाको दायरामा समेटी उनीहरुको आर्थिक भविष्यलाइ सुनिश्चित गर्ने उद्देश्यले उक्त संस्था स्थापना भएको कम्पनीहरूले जनाएका छन् ।

लघु बीमा सेवाको बिकास तथा विस्तार गर्ने र पर्यावरण संरक्षण सम्बन्धी विभिन्न कार्यक्रमहरू संचालन गर्ने उ२ेश्य राखि नेपालमा हाल संचालनमा रहेका लघु बीमकहरु आवद्ध नामको गैर सरकारी संस्था जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भएको हो ।

देशको लघु बीमा क्षेत्रमा कार्यरत स्वदेशी तथा विदेशी संघ संस्थाहरुसँग समन्वय गरी लघु बीमा सेवालाई स्तरीय तथा भरपर्दो बनाउँदै न्यून आय वर्ग तथा दूर दराजका नागरिकहरूमा बीमाको पहुँच विस्तार गर्न नेपाल बीमा प्राधिकरण लगायत सम्बन्धित संघ सस्थाहरूसँग सहकार्य र समन्वय गरी समावेसी बीमाको अवधारणालाइ मूर्त रुप दिन लागिएको जनाएको छ ।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी अध्यक्ष रहेको कार्य समितिमा स्टार माइक्रो इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विश्व राम तिमिला उपाध्यक्ष, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोका सचिव, र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव कोषाध्यक्ष रहनु भएको छ ।

यसै गरि सदस्य हरुमा ट्रष्ट माइक्रोे इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उज्जल ढुङ्गाना, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र नाथ रिमाल र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठ रहेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स