काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गगन थापालाई लक्षित गर्दै भने,’नेपाली नागरिकता बोकेर देशको सूचना बिक्री गर्नेलाई कारबाही गरौं, चाहे ती महामन्त्री हुन्, चाहे जुनसुकै नेता हुन्।’
सभापति लामिछानेले नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई गम्भिर आरोप लगाएका छन् । उनले संसदको प्रतिनिधि सभामा बोल्दै महामन्त्री थापाले देशको गोप्य सूचना बिक्री गरेको आरोप लगाएका हुन् ।
उनले थपे, ‘१५ करोड लिएर बाख्रा पालन गरेको, त्रिचन्द्र क्याम्पसको पार्क निर्माणमा ३० लाख, १४ करोड लिएर वीपी स्वास्थ्य केन्द्रको प्रमुख नियुक्त गरेको समाचार आएको थियो, यी सबै विषयमा संसदिय समिति निर्माण गर्न तयार हो ? सुरु म बाट होस्।’