अर्थमन्त्रीले करमा स्थिर नीति अपनाउन खोजेका हुन् ?

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माण अन्तिम चरणमा पुगेको छ । बजेटसँग सम्बन्धीत ४ वटै विधेयकको अन्तिम चरण पुगेको छ ।
बजेट लेखन भैरहेको अवस्थामा धेरै छलफल समेत भैरहेको छ । प्रि बजेट छफलमा अर्थमन्त्री खुलेर नै बोलिरहेका छन् ।
अझ अर्थमन्त्री आर्थिक विधेयकहुने करका दर समेत उनी खुलिरहेका छन् ।
उनले कुनै घरनालाई नाफा हुने गरि र कसैलाई घाटा हुने गरि करको दर संशोधन नगर्ने बताउँदै आएका छन् ।
अर्थमन्त्री वर्षमान पुनले मनोमानी रुपमा करका दर हेरफेर नहुने बताउँदै आएका छन् ।
अर्थमन्त्रीे भन्छन्,‘ मैले यसअघि पनि पटकपटक सार्वजनिक मञ्चहरुमार्फत भनेको छु । कोही चिनेका, कोही मेरो पार्टी निकटका, कोही सरकार निकटका व्यवसायीलाई हेरेर करका दरहरुमा आफूखुसी जे मन लाग्यो गर्दिन’ उनले भने, ‘पहिला के थियो, अहिले के छ र के कारणले हेरफेर भएको कारणसहित तीन महले बनाएर गर्छु।’ एउटा अर्थमन्त्रीको सनकमा व्यवसायीले वर्षौं लगाएर गरेको आर्जन गरेको सम्पत्ति र लगानी डुबाउन नमिल्ने मन्त्री पुनको स्पष्टोक्ति छ ।
मन्त्री पुनले नेपालले लोकतन्त्रान्त्रिक र खुला तथा प्रतिस्पर्धात्मक व्यवस्थाको अभ्यास गरिरहेकाले उद्योग व्यवसायसम्बन्धी नीति पनि खुला र पारदर्शी हुनुपर्नेमा बताउँदै आएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स