खुकुरी रमले ६२ वर्षपछि आफ्नो प्याकेजिङ परिवर्तन गरी विश्वस्तरीय नयाँ प्याकसहित बजारमा आउने तयारी

काठमाडौं । नेपालको स्थापित र अग्रणी ब्राण्ड खुकुरी रमले आफ्नो प्याकेजिङ(प्याक) परिवर्तनको निर्णय गरेको छ । स्थापनाको ६२ वर्षपछि समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गरी अझ आकर्षक, विश्वस्तरीय एवम् वातावरणमैत्री रुपमा बजारमा उत्रिने निर्णय गरेको हो । यो निर्णयअनुसार चाँडै विश्वस्तरीय नयाँ प्याकसहित बजारमा आउने तयारी समेत तीव्र गतिमा अगाडि बढेको छ ।

रमको प्याकेजिङ तथा बोटलको लुक्स निकै आकर्षक बनाईएको छ । प्याकेजिङ परिवर्तन भए पनि ब्लेण्ड र स्वादमा भने कुनै परिवर्तन गरिने छैन । नयाँ प्याकेजिङसहितको खुकुरी रम तिहार र छठपछि बजारमा आउँदैछ । बीस वर्ष देखि ग्राहकको हृदयमा रहेको खुकुरी रमको पुरानो प्याकको अन्तिम ब्याचका उत्पादनहरु एक महिनाअघि नै बन्द भइसकेका छन् । तर, नयाँ प्याक लञ्च नहुञ्जेल बजारमा रहने भएकाले बीसौ वर्षदेखि ग्राहकहरुको हृदयमा राज गरेको खुकुरी रमको पुरानो प्याक सम्झनाका लागि ग्राहकहरुले राख्न सक्नेछन् ।

हाल नेपालबाहेक १३ देशका बजारमा समेत उपलब्ध हुँदै आएको खुकुरी रमको प्याकेजिङ स्थानीय र अन्तराष्ट्रिय बजारमा एकैसाथ परिवर्तन हुन लागेको हो । खुकुरी रमको वर्षौदेखिको मौलिक प्याकेजिङलाई ग्राहकको आकांक्षाअनुरुप परिस्कृत गर्दै तयार पारिएको नयाँ प्याकेजिङले स्थानीय र विश्व बजारका ग्राहकहरुको मन जित्ने विश्वास खुकुरी रमको उत्पादक, नेपाल डिस्टीलरिजका महाप्रबन्धक शुभाष लामीछानेले व्यक्त गरेका छन् ।

कोभिड १९ संक्रमणको जोखिम कायमै रहेका कारण खुकुरी रमको नयाँ प्याकको अनलाइन लञ्चिङ हुनेछ । नयाँ प्याकको स्वरुप र गुणस्तरीयताको विषयमा उत्सुक भएर व्यग्रताका साथ प्रतिक्षा गरिरहनुभएका हाम्रा तमाम ग्राहकहरुलाई लञ्चिङ हुने दिन र अन्य विस्तृत जानकारी हामी केही दिनपछि सार्वजनिक गर्ने प्रतिबद्धता जनाउँछौं ।

खुकुरी रम नेपालको अत्यन्त रुचाइएको ब्रान्ड हो । यसको गुणस्तर सर्वश्रेष्ठ रहँदै आएको छ । नेपाल डिस्टिलरिज संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी पनि हो । स्थापनाकालदेखि नै खुकुरी रमले ग्राहकहरुको मनमा एकछत्र राज गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स