काठमाडौं । सानिमा बैंककले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको ४९ हजार ५० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरको प्रतिकित्ता न्युनतम मूल्य १ सय ४५ रुपैयाँ रहेको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नाक्साल, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन नपरेको खण्डमा बैंकले कानुन बमोजिम अन्य व्यक्ति वा संघसंस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत जानकारी गराएको