सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकमा कमलप्रसाद भट्टराई

काठमाडौं । सहसचिव कमलप्रसाद भट्टराई सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशक भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत भट्टराईलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरि विभागको जिम्मेवारी प्रदान गरिएको हो।
सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री कार्यालय अन्तर्गत छ । विभागमा पुष्पराज शाहीलाई प्रधानमन्त्री कार्यालय तानिएको छ ।
भट्टराईले महानिर्देशक बन्न लामो समयदेखि रुचि देखाउँदै आएइरहेका थिए। भट्टराईले यसअघि हङकङको महावाणिज्यदूत , भन्सार विभागको महानिर्देशक जस्तो महत्वपूर्ण पदको जिम्मेवारी पुरा गरिसकेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स