काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ ।
कम्पनीको सेयर संरचना परिवर्तन भएर संस्थापक समूहको सेयर स्वामित्व ५९.४ प्रतिशत र सर्वसाधारण समूहको ४०.६ प्रतिशत कायम भएको छ ।
यसअघि कम्पनीको संस्थापक समूहको सेयर स्वामित्व ६९.४० र सर्वसाधारण समूहको ३०.६० प्रतिशत रहेको थियो ।
कम्पनीमा संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर संख्या ७८ लाख ४० हजार ८ सय कित्ता र सर्वसाधारण सेयरधनीको नाममा ५३ लाख ५९ हजार २ सय कित्ता सेयर रहेको छ ।
कम्पनीले सेयर संरचना परिवर्तनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरी नेप्से समक्ष परिवर्तित धितोपत्रको संरचना अभिलेख गर्न अनुरोध गर्दै नेप्सेमा पत्र लेखेको थियो ।
नेप्सेले वैशाख ४ गतेको निर्णयानुसार कुल १ करोड लाख ३२ लाख कित्ता सेयरको सेयर संरचना परिवर्तन गर्दै अभिलेख राखेको जनाएको छ ।