काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेरुडे मिर्मिरे लघुवित्तको सेयर सूचीकृत भएको छ । शुक्रबार कम्पनीको
१ करोड ३९ लाख ७७ हजार ६४३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।
साविकको नेरुडे र मिर्मिरे लघुवित्त एक आपसमा मर्ज भएपछि नेरुडे मिर्मिरे लघुवित्तको नाममा सूचीकृत भएको हो । नेरुडे र मिर्मिरे १ः१ सेयर स्वाप अनुपातमा मर्ज भएका हुन् । सोही स्वाप रेसियोका आधारमा कायम भएको सेयर नेप्सेमा सूचीकृत भएको हो ।
मर्जरपछि बनेको लघुवित्तको पहिलो कारोबारका लागि ५८७.८६ रुपैयाँ तोकिएको छ । सोही मूल्यलाई आधार मानेर आइतबार कम्पनीको सेयर कारोबारमा आउने छ ।
नेप्सेले कम्पनीलाई कारोबारका लागि ‘एनएमएलबीबीएल’ संकेत प्रदान गरेको छ ।