असल वर्गका कर्जाहरुको नोक्सानी व्यवस्था १.२० प्रतिशत कायम

काठमाडौं । असल वर्गका कर्जाहरुको नोक्सानी व्यवस्था ० दशमलव ०५ प्रतिशतले घटेको छ । आज सार्वजनिक भएको मौद्रिक नीति समिक्षाले नोक्सानी व्यवस्थालाई घटाएको हो ।

बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरुको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिने राष्ट्र बैंकले जनाएको छ ।

यस्तो व्यवस्थाले बैंकहरुलाई केहि राहत हुने भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स