मौद्रिक नीति समीक्षा गर्न राष्ट्र बैंकको बोर्ड बैठक बस्दै, आजै सार्वजनिक गर्ने

काठमाडौं । चालू आर्थिक वर्षको त्रेस्रो त्रैमासिक मौद्रिक नीति समीक्षा गर्न नेपाल राष्ट्र बैंक बोर्ड बैठक बसिरहेको छ ।नेपाल राष्ट्र बैंकमा नै बसिरहेको बैठकले चैतसम्मको सूचक अनुसार केहि व्यवस्था संशोधन तथा थप समेत गर्ने भएको छ । आज बोर्डले समीक्षा पास गरेको खण्डमा आज नै सार्वजनिक गर्ने समेत तयारी रहेको छ ।

राष्ट्र बैंक बोर्डको अध्यक्ष गर्भनर रहने व्यवस्था छ । सदस्यहरुमा अर्थमन्त्रालयको अर्थसचिव मधुकुमार मरासिनी , डेपुटी गर्भनरद्वय निलम ढुंगाना र बमबहादुर मिश्र, चिन्तामणी सिवाकोटी , शंकरप्रसाद आचार्य, रविन्द्रप्रसाद पाण्डे छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स