क्यानले सन्दीप लामिछानेलाई आईसीसी टी-२० विश्वकप २०२४ खेल्न पठाउने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेलाई आईसीसी टी-२० विश्वकप २०२४ खेल्न पठाउने भएको छ ।

आज उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै क्यानले विश्वकप खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको हो ।

क्यानले भोलि निर्णय गरेर सन्दीपलाई विश्वकप खेल्न पठाउने जनाएको छ ।

नेपालले सन्दीपलाई पठाउँदा अन्तिम १५ बाट एक खेलाडी टिमबाट बाहिर राख्नुपर्ने हुन्छ । आईसीसीको नियमअनुसार १५ खेलाडी मात्रै विश्वकपमा हुनुपर्ने हुन्छ ।

यसबारे भने कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईमा भरपर्ने देखिएको क्यानले जनाएको छ ।

आईसीसीको नियमअनुसार विश्वकपमा २५ मेसम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छ । हाल नेपाली टोली वेष्टइण्डिजमा विश्वकपको तयारी अभ्यासमा छ ।

क्रिकेटर सन्दीप लामिछानेले आज बलात्कारको मुद्दामा सफाई पाएका छन् ।

उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाई दिएको हो ।

जिल्ला अदालत काठमाडौंले १३ पुस, २०८० मा लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल र ३ लाख रूपैयाँ जरिवाना हुने गरि सजायको फैसला सुनाएको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स