काठमाडौं । भारतीय आयल निगम (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले हरेक अंग्रेजी महिनाको १ र १६ तारिखमा नयाँ मूल्यसूची पठाउने गरेको छ । हिजो पठाएको मूल्य सूची पनि नियमित हो ।
नेपाल आयल निगमले यहि कार्तिक १२ गते अर्थात अस्तिमात्रै खाना पकाउने एलपी ग्याससहित सबै इन्धनको मूल्य बढाएको थियो ।
नयाँ मूल्यसूची अनुसार निगमले डिजेलमा प्रतिलिटर ७ रूपैयाँ ४२ पैसा, मट्टितेलमा ३ रुपैयाँ ९२ पैसा, पेट्रोलमा ११ रुपैयाँ ४९ पैसा बढेर आएको छ । अ हवाइ इन्धनलाई ४ रूपैयाँ ११ पैसा र ग्यासलाई प्रतिसिलिन्डर २४६ रूपैयाँ ९७ पैसा बढी तिर्नुपर्नेछ ।
१६ अक्टोवरमा आएको मूल्यसूचीमा सो मूल्य थप भएर आएको हो । पछिल्लो पटक सार्वजनिक गरिएको मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा २० रूपैयाँ ४ पैसा, डिजेलमा १५ रूपैयाँ ६२ पैसा, हवाइ इन्धनमा (आन्तरिकतर्फ) १ पैसा र एलपी ग्यासमा ७२१ रूपैयाँ ६९ पैसा घाटा हुनेछ । मट्टितेल र अन्तर्राष्ट्रिय इन्धनमा भने निगमलाई फाइदा छ । मट्टितेलमा १३ रुपैयाँ ५ पैसा र १४रुपैयाँ २४ पैसा निगमलाई फाइदा छ ।
यी दुई वस्तुमा फाइदा भएपनि अन्यमा घाटा हुँदा अहिले निगमको घाटा बढेर ३ अर्ब १ करोड ८६ लाख पुगेको छ । १५ दिनअघि निगमको यस्तो घाटा १ अर्ब ८७ करोड ६७ लाखमात्रै थियो ।