नबिल बैंकले सेयरधनीलाई ३८ प्रतिशत लाभांश दिने

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको कमाइबाट आफ्ना सेयरधनीलाई सबैभन्दा बढी लाभांश दिने भएको छ । बैंकको आज मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको कमाइबाट ३८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको लाभांशमा ३३.६ प्रतिशत बोनस सेयर ४.४ प्रतिशत नगद लाभांश रहेको बैंकले जनाएको छ । बैंकले घोषणा गरेको यो लाभांश पछिल्लो ४ वर्ष यताकै उच्च हो ।

बैंकले अहिले कायम चुक्ता पुँजीको ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । अहिले बैंकको चुक्ता पुँजी १३ अर्ब ८४ करोड रहेको छ । बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुाजी करिब १८ अर्ब पुग्नेछ ।

बैंकले गत आर्थिक बर्ष ४ अर्ब १४ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको थियो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरे पश्चात सेयरधनिहरुमा लाभांश वितरण हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स