सिभिल बैंकले २९ करोड १८ लाख नाफा कमायो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २९ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २००.९४ प्रतिशतले धेरै हो ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ९ करोड रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६० करोड २८ लाख रुपैयाँ रहेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा सिभिल बैंकले खुद ब्याज आम्दानीसँगै सञ्चालन आम्दानीमा उल्लेख्य वृद्धि गरेको छ । सो कारण बैंकको नाफामा बढ्न सहयोग पुगेको हो ।

समीक्षा अवधिमा बैंकले ७१ करोड ७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.८२ प्रतिशतले बढी हो ।

बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा ७६.२६ प्रतिशत बढेको छ । चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष १३.७६ प्रतिशतले बढेको छ । बैंकको निक्षेप ४.६३ प्रतिशतले बढेको छ भने कर्जा ३.६२ प्रतिशतले बढेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय विवरण अनुसार बैंकको वार्षिक प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५१ पैसा कायम छ ।

यस बैंकको मूल्य आम्दानी अनुपात १७.९९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ८८ पैसा रहेको छ । बैंकको निष्कृय कर्जा अनुपात ०.९६ प्रतिशत रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स