नेपाल बैंकर्स संघ र नेपाल बीमक संघबीच सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल बैंकर्स संघ र नेपाल बीमक संघबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा नेपाल बैंकर्स संघका तर्फबाट संघका अध्यक्ष सुनिल केसी र नेपाल बीमक संघका तर्फबाट संघका अध्यक्ष चंकी क्षेत्रीले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौताअनुसार दुई पक्षले मुख्यतः सूचना, तथ्यांक, ज्ञान, सिप, क्षमता र अन्य स्रोतहरू आदानप्रदानमा सहकार्य गर्दै अघि बढ्ने लक्ष्य लिएको छ ।

यस सम्झौताले वाणिज्य बैंक, बीमा क्षेत्रलगायत समग्र वित्तीय क्षेत्रको विकासको लागि थप सहयोगी भूमिका निभाउने विश्वास लिइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स