रिङरोडको तेस्रो खण्ड नेपालकै लगानीमा बनाउन अर्थमन्त्रीसँग प्रदिप पौडेलको माग

काठमाडौं । सांसद एवं कांग्रेस नेता प्रदिप पौडेलले अर्थमन्त्री वर्षमान पुनलाई भेटेर रिङरोड तेस्रो खण्ड (बसुन्धरा देखि धोविखोला)सम्मको विस्तार गर्ने परियोजनालाइ नेपालकै लगानीमा बनाउने गरि आगामी बजेटमा समावेश गर्न माग गरेका छन् ।

सरकारले आगामी वर्षको बजेट ल्याउने तयारी गरिरहँदा नेता पौडेलले आज अर्थमन्त्री पुनलाई भेटेर रिङरोड तेस्रो खण्ड अण्डरपाससहित (बसुन्धरा देखि धोबिखोला) सम्म नेपालकै लगानिमा बनाउने गरि काम थाल्न माग गरेका हुन् ।

रिङरोड विस्तारको दोश्रो खण्ड (कलंकी देखि बसुन्धारा) सममको काम नेपालले गरिरहेको र चीन पक्षबाट हालसम्म पनि कामको प्रकृया शुरु नभएकोले तेस्रो खण्डको निर्माण अनिस्चित बनेको पौडेलले बताए ।

धुलाम्मे साघुरो सडकका कारण सर्बसाधरणले सास्ती खेप्नुपर्ने भएकोले रिङरोडको तेस्रो खण्ड निर्माणका लागि अनिस्चित कालसम्म पर्खन नसकिने उनको भनाइ थियो । चीन पक्षबाट दोश्रो खण्डकै काम हालसम्म पनि शुरु नभएकोले नेपालकै लगानिमा तेस्रो खण्ड अण्डरपाससहित (बसुन्धरा देखि धोबिखोला)सम्मको विस्तारका लागि बजेट छुट्याउन माग गरेको नेता पौडेलले बताए ।

नेता पौडेलले अर्थमन्त्री पुनसँगको भेटमा रिङरोड विस्तार लगायत काठमाडौं उपत्यकाका एवं देशका आम नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएका योजनाहरू आगामि बजेटमा समेट्न ध्यानाकर्षण गराएका हुन् ।

पौडेलले काठमाडौंको यातायात व्यवस्था सहज बनाउन महत्वपुर्ण मानिएको बिष्णुमति करिडोरलाइ नमुना करिडोरको रुपमा बिकाश गरि बहुवर्षे आयोजनाका रूपमा सूचीकृत गराउन माग गरेका छन् । तेसैगरि उनले शहीद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रलाई चिकित्सा विषय पठनपाठनको केन्द्र बनाउन पनि माग गरेका छन् ।

पौडेलले काठमाडौंको टुकुचा खोलामा ढल व्यवस्थित गरि प्रद्षणमुक्त बानाउन, त्यसैगरि कान्ति बाल अस्पताललाई सुविधासम्पन्न बाल अस्पतालको रुपमा विकास गर्न बजेट व्यवस्थापनको माग गरेका छन् ।

पौडेलले शिवपुरी राष्ट्रिय निकुञ्ज जलाधार क्षेत्र भित्रका मुहान पोखरी, विष्णु पादुका र चन्डेश्वोरीमा रहेका खानेपानीका स्रोतहरू संकलन गर्न एकीकृत पानी संकलन केन्द्र तथा ट्यांकी निर्माण गरि वितरणका लागि शिवपुरी खानेपानी राष्ट्रिय गौरव परियोजनालाई बहुवर्षे आयोजनाका रूपमा सूचीकृत गराई बजेटको विनियोजन गर्न माग गरेका छन् ।

नेता पौडेलले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आगामी बजेटमा समावेश गर्नुपर्ने बहुवर्षिय योजनाका बारेमा ध्यानाकर्षण गराएका थिए । उनले रिङरोड तेस्रो खण्डको विस्तारका लागि पटक (पटक सरोकारवालाको ध्यानाकर्षण गराउदैं आएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स