कोका–कोलाको ‘कोका–कोला महोत्सव’ योजना सार्वजनिक

काठमाडौं । कोका–कोलाले ‘कोका–कोला महोत्सव’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । यो योजना अन्र्तगत ग्राहकहरुले रेष्टुरेण्टहरुमा कम्बो डिससँग कोका–कोला अर्डर गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

यो क्याम्पेनको लागि कोका–कोलाले केएफसी, डल्ले, पेपे पिज्जा, रोडहाउस, भ्याली एक्स्प्रेस, द बर्गर हाउस एड सिएफसी र माइकल ग्रिल्स जस्ता विभिन्न रेष्टुरेण्टहरुसँग सहकार्य गरेको छ ।

यी रेष्टुरेण्टहरुमा कोकसँग स्पेसल मिल कम्बो अर्डर गर्दा ग्राहकहरुले २० देखि २५ प्रतिशत सम्मको छुट अथवा केहि खानाहरुसँग निःशूल्क कोक प्राप्त गर्न सक्नेछन् ।

कोका–कोलाको कोक+मिल्स् क्याम्पेनको नयाँ संस्करणको रुपमा ल्याइएको ‘कोका–कोला महोत्सव’ वैशाख २६ गतेदेखि जेठ २५ सम्म चल्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स