काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साढे ७७ लाख कित्ताबढी सेयर सूचीकृत भएको छ ।
सोमबार रिडी पावर कम्पनीको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।
जसमा कम्पनीको ५० प्रतिशतले हुन आउने कुल ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।
उक्त सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि मात्रै नेप्सेमा कारोबार गर्न पाइनेछ ।