काठमाडौं । साताको दोस्रो दिन सेयर बजार हरियाली छाएको छ ।
सोमबार, नेप्से परिसूचक २४.३९ अंकले बढेर १९९८.८९ अंक विन्दुमा आइपुगेको छ ।
आज ९५ लाख ४१ हजार कित्ता सेयर ३ अर्ब ४० करोड ८६ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १४८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८५ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, नेपाल रि इन्स्योरेन्स प्रमोटर सेयरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३० करोड ८० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, सीईडीबी हाइड्रोपावरको २८ करोड २३ लाख, कर्णाली डेभलपमेन्ट बैंकको ९ करोड ३२ लाख, पोखरा फाइनान्सको ६ करोड ८५ लाख, कुमारी बैंकको ६ करोड ५६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।