काठमाडौं । पछिल्लो समय सरकारको केहि संयन्त्र चाहे अनुसार चलाउनको लागि मात्रै प्रयोग हुने गरेका छन् ।
स्थापनाको उद्देश्य सहि रहेपनि पछिल्लो समय भने निश्चित उद्देश्यको लागि मात्रै उक्त संयन्त्रको परिचालन हुँदै आएको देखिन्छ । त्यस्ता संयन्त्र अस्थिर राखेर सरकारले काम नै तोकेर नेतृत्व पठाउने गरेको छ । त्यस्ता निकायमा राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभाग प्रमुख देखिएका छन् । यी दुई विभाग निकै अस्थिर छन् ।
यी दुवै विभाग प्रधानमन्त्री कार्यालय अन्तर्गतका हुन् । राजस्व चुहावट नियन्त्रण गर्न राजस्व अनुसन्धान विभागको स्थापना भएको हो । भन्सार र आन्तरिक राजस्व विभागले समेत नदेखेको चुहावटलाई यस विभागले निगरानी राख्छ । यो विभागको नेतृत्व भर्खरै मात्र परिवर्तन भएको छ । यस विभागका महानिर्देशक रहेका नवराज ढुंगानाको ठाउँमा चक्रबहादुर बुढालाई पठाइएको छ ।
यो विभागको पछिल्लो अवस्था हेर्दा निकै अस्थिर छ । करिब साढे २ वर्ष अघिमा ९ जना महानिर्देशक बनिसकेका छन् ।
पछिल्लो महानिर्देशकहरुमा दीर्घराज मैनाली, रामप्रसाद आचार्य, प्रकाश पौडेल, झलकराम अधिकारी ,मदन दाहाल, नारायणप्रसाद सापकोटा, नवराज ढुंगाना र अहिले चक्रबहादुर बुढा आएका छन् ।
गत हप्ता मात्रै राजस्व अनुसन्धानको नेतृत्व फेरेको सरकारले अहिले सम्पत्ति शुद्धिकरण विभागको नेतृत्वमा नयाँ खोजी गरेको छ । पुष्पराज शाही विभाग गएको ८ महिनामानै नयाँ व्यक्तिको खोजी भएको हो ।
विभाग धेरै चहल पहल हुने निकायको रुपमा छैन । तर सरकारले चाहेका व्यक्ति र निकायलाई बोलाउन सकिने गरि सरकारले यसको परिचालन गरिरहेको छ । त्यसकारण यो विभागको नेतृत्व परिवर्तन समेत धेरै छिटो छिटो हुने गरेको छ ।
फौजदारी कसूरबाट प्राप्त सम्पत्ति तथा कसूरसँग सम्बन्धित साधन रोक्का राख्ने, नियन्त्रणमा लिने र जफत गर्ने अधिकार साथै आतंकवादी क्रियाकलापसँग सम्बन्धीत सम्पत्ति, अबैध धनमाल आर्जनसँग यस नियकाले निगरानी राख्छ ।
यस विभागको धेरै ठूलो संरचना भने छैन । १ जना महानिर्देशक सहसचिव रहन्छन् । २ जना उपसचिव छन् । सोहि अनुसारको अरु दरबन्दी छ ।
तर, यस विभागको महानिर्देशक निकै महत्वपूर्ण मनिदै आएको छ । नेपालको सरकारी तथा निजी क्षेत्रका धेरै जना उच्च व्यक्तित्वहरु यस विभागको दायरासँग नजिक रहेको अनुमान गरिन्छ । त्यसैले नयाँ सरकार परिवर्तन हुँदा होस् वा कुनै काम विशेषले होस् । यस विभागको महानिर्देक परिवर्तन भैरहेका हुन्छन् ।
यस विभागका महानिर्देशक अहिले पुष्पराज शाही रहेका छन् । विभागको नेतृत्व लिएको करिव ८ महिनामा उनलाई परिवर्तन गर्न खोजिएको छ । उनी गत भदौ अन्तिममा मात्रै विभागको नेतृत्व लिन पुगेका थिए । उनको स्थानमा को जाने भन्ने विषय अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्म चर्चा हुन थालेको छ ।
यो निकाय जान यसभन्दा अघि राजस्व अनुसन्धानका महानिर्देशक भैसककेका प्रकाश पौडेलले निकै चहना राखेका थिए । उनको गण्डकी प्रदेशमा सरुवा भैसकेका छ । अहिले सामान्य प्रसाशन मन्त्रालयमा नै रहेका कमलप्रसाद भट्टराई जोडबलले लागेका छन् ।
सम्पत्ति शुद्धीकरण विभागमा नयाँ नेतृत्व खोजिदै, कसको छ चाहना ?
ताप्लेजुङ घर रहेका उनी एमाले नेता योगेश भट्टराईसँग नजिक मानिन्थे तर, जनार्दन शर्मा अर्थमन्त्री हुँदा भन्सार विभागको महानिर्देशक नियुक्त भएको कारणले माओवादीसँग समेत कुरा मिलाउन सक्ने व्यक्तिको रुपमा हेरिदै आएको छ ।
त्यस्तैगरि अहिले प्रधानमन्त्री कार्यालयमा नै कार्यरत नारायाणप्रसाद सापकोटाले समेत तिब्र चहना राखेका छन् । सापकोटा र भट्टराईको लडाईमा तेस्रो व्यक्तिले प्रवेश नपाउँदासम्म भट्टराई नै अब्बल देखिएका छन् ।