काठमाडौं । साताको पहिलो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।
आइतबार, नेप्से परिसूचक ८.२६ अंकले बढेर १९७४.५० अंक विन्दुमा आइपुगेको छ ।
आज ७८ लाख ५७ हजार कित्ता सेयर ३ अर्ब १५ करोड ५१ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १२७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १११ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सांग्रिला डेभलपमेन्ट बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १० करोड ५० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, पोखरा फाइनान्सको ८ करोड ६ लाख, सोनापुर मिनरल्स्को ८ करोड ५ लाख, शिवम् सिमेन्टको ७ करोड ७१ लाख, नेपाल इन्स्योरेन्सको ६ करोड ९५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।