नेपाल लाइफ इन्स्योरेन्सले ६० करोड नाघ्यो, अन्य सूचकांक कस्ता ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६० करोड ३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४९ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २२.२१ प्रतिशतले वृद्धि भएको छ । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्यांकनको क्रममा तलमाथि हुनेछ ।

नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २९ अर्ब १२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.५० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २६ अर्ब ८४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सको बीमाशुल्कसँगै खुद नाफा पनि बढेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो नाफा २२.२१ प्रतिशत बढेर ६० करोड ३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ४९ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी ९.१४ प्रतिशत बढेको छ भने खुद दाबी भुक्तानी १०.२१ प्रतिशत र कुल खर्च ८.५९ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १ रुपैयाँ ७५ पैसा बढेर ९ रुपैयाँ ७५ पैसा पुगेको छ । चैत मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ६१.२३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ६५ गुणा रहेको छ ।

८ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्स्योरेन्सको सेयर प्रिमियममा ४ करोड ३८ लाख रुपैयाँ, महाविपत्ती कोषमा १ अर्ब ११ करोड रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब २९ करोड रुपैयाँ र अन्य इक्विटीमा ५४ करोड १२ लाख रुपैयाँ सञ्चित छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स