काठमाडौं । आज शुक्रबार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी छिन् । मन्त्री शर्माले विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने ९० लाख २४ हजार ३१२ (करिब १ अर्ब २० करोड रुपैयाँ) अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिइन । यसका साथै बैठकले अन्य २५ वटा निर्णय गरेको छ ।