सोल्टी होटलको नाफा ४१ करोड २३ लाख

काठमाडौं । सोल्टी होटल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ४१ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.०८ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष कम्पनीले ३७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ६८ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.३८ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले १ अर्ब ३५ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । गत आर्थिक वर्ष कम्पनीले १ अर्ब ३ करोड रूपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको चुक्तापुँजी ९२ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी ४.४४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २४.५८ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स